काठमाडौं– काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ । यो अभियान काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन भएको हो । साउन १२ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया