Logo

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं – नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो । एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ । उनले कम्पनीका प्रडक्टहरूकाे विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।


कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने,‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु ।’

सोही क्रममा कम्पनीले आफ्नो दुई वटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । कम्पनीले इयरबडको नयाँ मोडल र २२.५ वाटको पावर बैंक बजारमा ल्याएको एमडब्लूसीका प्रमुख सुनिल जैसवाल जनकारी दिए । कम्पनीले एमडब्लूसी इयरबड प्रो (एमटी९९९) मोडलको इयरबड ल्याएको हो । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ ।

उक्त इयरबडको एमआरपी मूल्य ६ हजार ४९९ रुपैयाँ तोकेको छ । यद्यपि अहिले सो इयरबडको खरिदमा अफर चलिरहेको हुँदा बजारमा ३ हजार २९९ रुपैयाँमा उपलब्ध रहेको पनि जैसवाल जानकारी दिए । यस्तै, पावर बैंकको मूल्य भने ३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्