Logo

दुई हजार चार सयले घट्यो सुनको मूल्य

काठमाडौ‌ं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २ हजार ४ सयले घटेको हो ।

बिहिबार छापावाल सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख ४३ हजार तीन सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ७५० मा कारोबार भइरहेको छ । हिजो सुन १ हजार ८०५ मा कारोबार भइरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्