Logo

लोकसेवाको प्रथमपत्रमा उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने, दोस्रो पत्रमा अंक नजोडिने

काठमाडौं– अब लोकसेवा परिक्षा थप जटिल हुने भएको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको नयाँ पाठ्यक्रम सुरु भएसँगै परिक्षा थप जटिल हुने भएको हो ।

गत असार ३० मा स्विकृत भएको पाठ्यक्रममा लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरिएको छ । अब लोकसेवाको प्रथमपत्रमा उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो भने अब ४५ अंक ल्यानुपर्ने भएको हो ।

यो नियम लोकसेवा आयोगले जारि गर्ने आर्थिक २०८१÷८२ को विज्ञापनदेखि लागु हुने छ । प्रथम पत्रमा ४५ अंक ल्याउनेले मात्र अब दोस्रो चरणको लिखित परिक्षामा सहभागिता जनाउन पाउनेछन् ।

पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ । सो परीक्षामा अब न्युनतम् ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षमा सामेल नै हुन पाउने छैनन् ।

यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको अंक दोस्रो पत्रको अंकमा जोड्ने व्यवस्था पनि हटाइएको छ । यसअघि प्रथम पत्रमा पाएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था थियो ।

अब प्रथम पत्रको परीक्षा दोस्रो चरणमा पुग्ने माध्यम अर्थात ‘छनोट परीक्षा’ मात्र हुने भएको छ । यस्तै दोस्रो पत्रमा पास भएका परिक्षार्थीले मात्र अन्तिम चरणको परीक्षामा सामेल हुन सक्नेछन् ।

दोस्रो र तेस्रो चरणको परिक्षामा प्राप्त प्राप्तांकलाई जोडेर आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ने गरि नयाँ पाठ्यक्रम स्विकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्