Logo

झन्डै दुई करोड काजु, ज्वानो बोकेको गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौं– पर्सा प्रहरीले झन्डै दुई करोड रुपैयाँ बराबरको अवैध रूपमा ल्याइएको काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको छ ।

ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकमा लोड गरिराखेको एक करोड ८२ लाख ६ हजार चार सय रुपैयाँ बराबरको काजु, ज्वानो र विद्युतीय सामान प्रहरीले  बरामद गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकको सडक खण्डबाट उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामानको बिल नभएकोले राजस्व छलीको अनुमानमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्