Logo

फिलिपिन्समा डुब्यो १४ लाख लिटर इन्धन बोकेको पानीजहाज

एजेन्सी– फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको एउटा पानीजहाज समुद्रमा डुबेको छ । उक्त पानीजहाज बिहिबार राजधानी मनिला नजिकैको समुद्री तटमामा डुबेको हो ।

इन्धन डुबेको यो इतिहासकै ठूलो दुर्घटना भएको जनाइएको छ । उक्त जहाजमा ३ लाख ६९ हजार ८४० ग्यालन औद्योगिक इन्धन छ । उक्त इन्धन समुद्रमा फैलिएमा इतिहासमै सबैभन्दा धेरै इन्धन फैलनसक्ने अनुमान गरिएको छ ।

बिहीबार बिहान एमटी टेरा नोभा नामक जहाज खसेको हो । उक्त जाहजमा १७ जना चालक दलका सदस्य थिए । उनीहरुमध्ये १६ जनाको उद्धार गरिएको छ भने चालक दलका एक सदस्यको मृत्यु भएको छ ।

फिलिपिन्समा केही दिनयता दिव्र रुपमा समुद्र आँधि आएको छ । जसका कारण बुधबार २२ जनाको मृत्यु भएको थियो । उक्त आँधिका कारण डुबेका जहाजका ग्यालेनमा रहेको इन्धनहरु तीब्र रुपमा समुद्रमा फैलिएको छ । राजधानी नजिकै उक्त दुर्घटना भएका कारण राजधानीसम्म तेल फैलन सक्ने डर बढेको छ ।

समुद्रमा डुबेको जहाजबाट तेल निकाल्न नसकेमा यसले समुद्री पर्यावरणमा ठूलो क्षति पुग्ने त्रास उत्पन्न भएको छ । विज्ञ र कामदारहरूले इन्धनको चुहावट रोक्न प्रयास गरिरहेका छन् ।

तेल समुद्रमा चुहिएमा त्यहाँका माछा र समुद्रमा बस्ने जीवजन्तु तथा वनस्पति मर्नेछन् । यस्तै समुद्री तट पनि मानिसहरू जान अयोग्य हुनेछन् । यसले गर्दा हजारौँ मछुवा र पर्यटक व्यवसायीहरूलाई आफ्नो जीविकोपार्जनमा समस्या पर्ने छ ।

यसअघि फेब्रुअरी २०२४ मा ८ लाख लिटर औद्योगिक इन्धन तेल बोकेको एमटी प्रिन्सेस एम्प्रेस ट्याङ्कर डुबेको थियो । त्यो तेल पानीमा चुहिँदा पानी र समुद्री तटहरूलाई दूषित बनाएको थियो । यसले माछा मार्ने र पर्यटन उद्योगलाई ध्वस्त पारेको थियो । उक्त तेललाई समुद्रबाट सफा गर्न तीन महिना लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्