Logo

अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ले लेख्यो, ‘स्वार्थको द्वन्द्वले नेपालमा विमान दुर्घटनाका घटना दोहोरिरहेको छ’

एजेन्सी– अमेरिकी चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालमा विमान दुर्घटनाको प्रमुख कारण सम्बोधन नगरिएको जनाएको छ । नेपालमा स्वार्थको द्वन्द्वका कारण विमान दुर्घटनाका प्रमुख कारण पत्ता नलागेको जनाएको हो ।

हरेक विमान दुर्घटनापछि गरिने अनुसन्धानपछि दुर्घटना हुनुको कारणमा अनुसन्धाताले धेरै दिशामा दुर्घटनाबारे चर्चा गर्ने गरेको जनाएको छ । प्रतिकुल मौसम, जटिल भूभाग, ‘ओभर वर्कड’ पाइलट, पुराना विमानजस्ता कारणले दुर्घटना हुनेगरेको अनुसन्धानमा औँल्याउने गरिएको छ । तर दुर्घटनाको हुनुको मुल कारणको बारेमा कहिल्यै चर्चा हुने नगरेको समाचारमा उल्लेख छ ।

त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

नेपालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदान गरिरहेको छ । र यदि कुनै दुर्घटना भएमा त्यसको जाँचको लागि पनि प्राधिकरणलाई जिम्मा दिने भएकाले उचित छानबिनमा समस्या पुगेको जनाएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख तथा सुरक्षा सल्लाहकार सञ्जीव गौतमले उक्त पत्रिकासँग प्राधिकरणले दोहोुरो जीम्मेवारी दिइरहेको बताएका छन् । उनले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?’

उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंबाट पोखरा इन्जिन मर्मतका लागि उडेको सौयै एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको २० सेकेन्डमै अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दल दुई जना, एक नाबालक, एक महिला र सौर्य एयलाइन्सका प्राविधिक गरि १९ जना सवार थिए । विमानका पाइलटको जीवितै उद्धार गरिएपनि अन्य १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि नेपालको दुर्घटनाबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत चर्चा चलिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्