Logo

वैदेशिक रोजगारीमा ठगको बिगबिकी, एक वर्षमा ७ हजार बढी ठगिए

काठमाडौं– रोजगारीका लागि विदेश लगिदिन्छु भन्दै ठगी गर्ने क्रम पछिल्लो समयमा दिन प्रतिदिन बढीरहेको छ । यस्तो तथ्यांक वैदेशिक रोजगार विभागमा दर्ता भएका उजुरीले देखाएको हो । पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारी विभागमा वैदेशिक रोजगारीसम्बन्धी ७ हजार ७६३ वटा उजुरी दर्ता भएका छन् ।

२०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म परेका ती उजुरीमध्ये ३ हजार ८३६ वटा उजुरी फछ्र्यौट गरिएको छ । ती उजुरी पmछ्र्यौट गर्दा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ क्षतिपूर्ति भराइएको छ ।

गत असार महिनामा मात्र विभागमा वैदेशिक रोजगारीसम्बन्धी ९२१ वटा उजुरी परेका थिए । जसमध्ये ५१६ वटा फछ्र्यौट गरिँदा ३ करोड २१ लाख ९८ हजार १०० रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।

विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा उद्धार, राहत तथा समन्वय शाखामा १ हजार ४४२ वटा उजरी परेका थिए । यीमध्ये ७८७ को फछ्यौट हुँदा ४ करोड ६८ लाख १८ हजार २८५ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।

त्यही अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा २ हजार ९१६ वटा उजुरी परेकामा ४५५ वटामा मिलापत्र भएको थियो । ३९० वटा मुद्दा अदालतमा दायर गरिएको थियो । ती उजुरीमा २४ करोड ४९ लाख ६९ हजार ५२९ क्षतिपूर्ति भराइएको थियो ।

यस्तै, प्रहरी शाखामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीसम्बन्धी ३ हजार ४ सय ५ वटा उजुरी दर्ता भएका थिए । उजुरीमध्ये ८६ मा मिलापत्र भएको थियो भने २ हजार २१७ फछ्र्यौट गरिएको विभागले जनाएको छ । उजुरी फछ्र्यौट गर्दा १ करोड ७५ लाख १ हजार ६९८ रुपैयाँ रकम असुल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्