Logo

सौर्य एयरको विमानका चालकलाई उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत

काठमाडौं– गत बुधबार भुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरेको जानकारी दिए ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान धावनमार्ग छाड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । क्त विमानमा चालक दल दुई जना, एक नाबालक, एक महिला र सौर्य एयलाइन्सका प्राविधिक गरि १९ जना सवार थिए ।

विमानका पाइलट मनिष शाक्यको प्रहरीले जीवितै उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्याएका थिए । बाँकी १८ जनाको मृत्यु भएको थियो भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्