Logo

भारतमा बेचिएर पाँच महिनादेखि बन्धक बनेका २८ जना मजदुरको उद्धार

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारतमा बन्दी बनाइएका मजदुरको उद्धार गरेको छ । भारतको काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको हो ।

रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि उनीहरुलाई बन्धक बनाइएको थियो । मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । उद्धार हुनेहरुमा त्यसमा सिराहाका २१ जना र धनुषाका ७ जना मजदुर रहेका छन् । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोलीले उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाएको छ ।

मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घर–घर पठाउने छ । प्रधानमन्त्री अ‍ोलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराई सहितको टोलीलाई धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्