Logo

भारतीय कार उपराष्ट्रपति कार्यालय अगाडी कसले छाड्यो ?

काठमाडौं– लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि वेवारिसे अवस्थामा भारतीय गाडि फेला परेको छ । भारत तेलङ्गाना राज्यको टीएस०९युडी३९५५ नम्बरको सेतो रंगको सुजुकी कार त्यसरी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

दरबारमार्ग प्रहरीका अनुसार उक्त कार १० दिनअघि नै लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि बेवारिसे अवस्थामा फेला परेको हो । कारलाई क्रेनको सहयोगमा राखेर दरबारमार्गसम्म ल्याइएर १० दिनदेखि राखिएको थियो । त्यहाँ कारको सुरक्षाको लागि प्रहरीले ‘ह्विल लक’ गरेर राखिदिएको थियो ।
.
करिब १० दिन दरबारमार्ग सडकमै रहेको कारलाई बिहीबार भने ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा ल्याइएको छ । प्रहरीले उक्त कार कसरी नेपाल आइपुग्यो र किन त्यसरी बेवारिसे अवस्थामा छाडियो भन्नेबारेमा अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्