Logo

निर्माण व्यवसायीलाई चेक बाउन्स भएको आधारमा मात्र कालोसूचीमा समावेश नगरिने

काठमाडौं- निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरिएको छ । साथै, निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगरिने व्यवस्थासमेत गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि व्यवस्था गरिएको हो ।

त्यस्तै निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने, निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा समावेश गरिएको छ ।

त्यस्तै, जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने, सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानतसमेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्