Logo

समस्याग्रस्त सहकारीमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गरिदिने भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको २०८१/८२ को मौद्रिक नीतिमा सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था गरिएको हो ।

समस्यागाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि सरकारलाई सहजीकरण गरिने नीति राष्ट्र बैंकले लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्