Logo

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते क्याप्टेनको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं– सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट बाहिर सारिएको छ । उनलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको हो ।

उनको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट क्याबिनमा सारिएको उनी उपचाररत केएमसी अस्पतालले जनाएको छ । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो । एमआरआई गर्दा अन्य कुनै जटिलता नदेखिएपछि उनलाई क्याबिनमा राखिएको छ । हाल उनको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ भने बिरामी भेट्न जानेलाई भेट्ने अनुमति दिइएको छैन ।

बुधबार बिहान ११ः११ बजे काठमाडौंबाट पोखरा इन्जिन मर्मतका लागि उडेको सौयै एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको २० सेकेन्डमै अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दल दुई जना, एक नाबालक, एक महिला र सौर्य एयलाइन्सका प्राविधिक गरि १९ जना सवार थिए ।

विमानका पाइलट मनिष शाक्यको जीवितै उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो । बाँकी १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्