Logo

कीर्तिपुर मेयरलाई श्रद्धाञ्जली अर्पण गर्न पुगे देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न कीर्तिपूर पुगेका छन्।

सभापति देउवासहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह कीर्तिपुर नगरपालिका परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका हुन्।

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित नगरप्रमुख नकर्मीको उपचारको क्रममा गए राति ९ बजे वीर अस्पतालमा निधन भएको थियो।

नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणमा राखिएको छ। मेयरको मृत्युमा नगरपालिकाले आज पालिकाभर शोक बिदा समेत दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्