Logo

एसइईको रिटोटलिङमा चित्त नबुझे उत्तरपुस्तिका हेर्न पाउने

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई २०८०को पुनर्योगमा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने बताएका छन् । उत्तरपुस्तिका हेर्दा पनि चित्त नबुझे पुनः परीक्षण गराउन समेत पाउने उनले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को पुनर्योगको नतिजा क्रमश सार्वजनिक गरिरहँदा मानवीय त्रुटि हुन सक्‍ने भएकाले यस्तो सुविधान राखिएको उनले बताएका हुन् ।

अध्यक्ष शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले २३ साउनदेखि हुने ग्रेडवृद्धि परीक्षा सकिएपछि आवेदन लिने तयारी गरेको छ ।

उनले एसईईको उत्तरपुस्तिकामा रहेको प्रश्नउत्तर जाँच्न छुटेको, उत्तरपुस्तिकाभित्र रहेको अंक बाहिर चढाउन छुटेको, अंक जोड्दा त्रुटि भएको, भित्रको र बाहिरको अंक रुजु नभएको, परीक्षकले जोडेको अंकभन्दा सम्परीक्षकले फरक अंक चढाएको लगायतको त्रुटि देखिएको स्वीकार समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्