Logo

अनन्त-राधिकाको पोष्ट वेडिङ लन्डनमा दुई महिनासम्म चल्दै

एजेन्सी– भारतका धनाड्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहको पोस्ट वेडिङ लन्डनमा हुने भएको छ ।

विवाहअघि लामो समारोह र भन्यताका साथ विवाह भएको अनन्तको विवाहको चर्चा संसारभरि चलिरहेको छ । जुलाई १२ मा राधिका मर्चेन्टसँग विवाह गरेका अनन्तको पोस्ट वेडिङको तयारी सुरु भइसकेको छ।

तयारीमा परिवारका सदस्य लण्डन पुगेका छन्। यसका लागि ३०० हेक्कडमा बनेको अम्बानीको महल स्टोक पार्क कन्ट्री क्लब एण्ड होटल सेप्टेम्बरसम्म बुक गरिएको छ। मुकेश अम्बानीले यसलाई २०२१ मा ५९२ करोड भारुमा किनेका थिए।

यो पार्टी दुई महिनासम्म चल्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको पोष्ट वेड्रिमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, बोरिस जोन्सन र प्रिन्स ह्यारी लगायत धेरै अन्तर्राष्ट्रिय र भारतीय सेलिब्रेटीहरू आउनेछन्। विराट कोहली र सैफ अली पनि परिवारमा सामेल हुनेछन्।

स्टोक पार्क होटलमा ४९ विलासी कोठा, तीन उत्कृष्ट रेष्टुरेन्ट, १३ टेनिस कोर्ट, ४,००० स्क्वायर फुटको जिम, फिटनेस सेन्टर, इनडोर र आउटडोर स्विमिङ पुल र २७ वटा आयन च्याल्फ गोल छ।

प्रतिक्रिया दिनुहोस्