Logo

आफन्तले बुझे सौर्य विमानका को–पाइलट सुशान्त कटुवालको शव

काठमाडौं– गत साउन ९ गते (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ।

शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै आफन्तलाई शव बुझाउन थालिएको हो। पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो।

त्रिवि परिसरमै शव व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकारीका अनुसार को–पाइलट सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका छन्।
अन्यको शव पनि आफन्तको समन्वयमा बुझाउने उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्