Logo

पेरिस ओलम्पिक उद्घाटन हुनु अघि फ्रान्सको हाई स्पीड रेल लाइनमा आगजनी

काठमाडौं– ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रान्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । रेल लाइनलाई क्षति पुर्‍याउन जानीबुझी आगो लगाइएपछि रेल सेवा अवरुद्ध भएको हो ।

फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि यात्रा सार्न आग्रह गरेको छ ।

फ्रान्सका यातायातमन्त्री पेट्रिस वग्रीटले घटनालाई आपराधिक कृत्य भन्दै यसको निन्दा गरेका छन् । यस्तै फ्रान्सका खेलमन्त्री एमिली ओडेयाले उक्त घटनाले आम मानिससँगै ओलम्पिकमा भाग लिने आइरहेका खेलाडीहरूलाई समेत असर गर्ने आशंका गरे ।

पेरिस ओलम्किपको शुक्रबार उद्घाटन समारोह छ, जसमा ३ लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान छ । ओलम्पिकमा सहभागिता जनाउन नेपालबाट पनि सात खेलाडीसहितको तीस सदस्य टोली फ्रान्स प्रस्थान गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्