Logo

चर्चित लोकगायक एलपी जोशीको निधन

काठमाडौं- पूर्वका चर्चित लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८ः३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।

दमक –१ निवासी जोशीले ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाएका छन् । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्