Logo

सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएका चार शव परिवारले बुझे

काठमाडौं– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । को–पाइलट सुशान्त कटुवाल र राजाराम आचार्यसहित चार जनाको शव आफन्तले बुझेका छन्।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्