Logo

व्यास नगरपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्ष निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।

खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। उनले भने, ‘अब शिशु बोकेर आउने महिलालाई स्तनपान गराउन सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्