Logo

शेयर बजारमा दोस्रो सर्किट, ४० मिनेटको लागि कारोबार रोकियो

काठमाडौं– शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।

आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि फेरि खुलेको शेयर बजार ११ बजेर २२ मिनेटमा ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

नेपाल राष्ट्र बैंकले गएको शुक्रवार मौद्रिक नीति ल्याएको थियो । मौद्रिक नीतिपछि आज शेयर बजारमा सर्किट ब्रेक लागेको हो । शेयर बजार अहिले १ सय २९ अङ्कले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेर रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्