रास्वपाको आफुलाई निलम्बन गर्ने निर्णयलाई अद्यावधिक नगर्न निर्वाचन आयोगमा मुकुलले दिए निवेदन


काठमाडौं– रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले राष्ट्रिय स्वपन्त्र पार्टीले आफुलाई कारबाही गर्नेसम्बन्धि निर्णय निर्वाचन आयोगमा आएमा अद्यावधिक नगर्न अनरोध गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा उनले निवेदन लेख्दै पार्टीको मुख्यमन्त्रिको हस्ताक्षरबिना कुनैपनि निर्णय वैधानिक नहुनेभन्दै उक्त निर्णय अवैधानिक भएको उल्लेख गरेका छन् ।

उनले रास्वपाको बैठकमा फरक अभिमत राखेकै कारणले पूर्वाग्राही भएर अनुशात्मक कारबाही गरेको टिप्पणी गरेका छन् । उक्त कारबाही विधि, विधान र कारबाही पुरा नगरि गरिएको भन्दै नेपालको संविधानले दिएको राजनैतिक अधिकार विपरित रहेको आरोपसमेत लगाएका छन् ।

उनले कुनैपनि कारबाही गर्दा सफाइको मौका दिनुपर्ने भएपनि आफुलाई सफाईको मौकासमेत नदिइएको बताएका छन् । आफुलाई महामन्त्री पदबाट निस्कासन गरिको कुरा सञ्चार माध्यमबाट थाहा पाएको र पाटीबाट निष्काशित भएको विषयमा कुनै पत्र नपाएको बताएका छन् ।

रास्वपाको बैठक सञ्चालन कार्यविधिमा पार्टीको बैठक सञ्चालन महामन्त्रीले गर्ने र पार्टी सभापति र महामन्त्रीले निर्णय प्रमाणिकरण गर्ने व्यवस्था रहेको उनले उल्लेख गरेका छन् । तर आफुलाई कारबाही गर्न भनि बसिएको बैठक महामन्त्रीले सञ्चालन नै नगरेको र निर्णयसमेत प्रमाणीकरण नगरेलाई सो निर्णय वैधानिक नभएको भन्दै उनले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।