Logo

जागिरको लागि अन्तर्वातामा जाँदा महिलाको अवैधानिक रुपमा गर्भपरिक्षण, १६ कम्पनीविरुद्ध मुद्दा

काठमाडौं- तपाई आफुले चाहेको जागिर पाउनको लागि अन्तर्वातामा जाँदै हुनुहुन्छ भने कस्ता तयारी गर्नुहुन्छरु रोजगारदाताले जागिरमा राख्ने उम्मेदवार छनोटका लागि विभिन्न विधिहरू अपनाएर अन्तर्वाता लिएका हुन्छन् । आफ्नो शैक्षिक योग्यता, अनुभव र सीपका कारण तपाई उक्त जागिरको लागि योग्य ठहरिन सक्नुहुन्छ ।

तर, तपाईँले जागिरको लागि अन्तर्वार्ता दिन जाँदा थाहै नदिइ गर्भ परिक्षण गरेको थाहा पाउनुभयो भने के गर्नुहुन्छ ? चीनमा कम्पनीले जागीरको अन्तर्वाताका लागि आएकी महिलाहरुको थाहै नदिइकन गर्भपरिक्षण गर्ने गरेको पाइएको छ। ती महिलाहरुमध्ये एक महिला गर्भवति भएको थाहा पाएपछि ती महिलालाई कम्पनीको जागिरको लागि अघोषित ग¥यो । उनलाई योग्यताको आधारमा राख्ने निर्णय गरेर कम्पनीले दिएको नियुक्ति पत्र गर्भवती भएको थाहा पाउने बित्तिकै खारेज गर्यो । चीनको जियांग्सु प्रान्तस्थित नानटोंग जिल्लामा यस्तो घटना भएको हो ।

आफ्नो क्षमता हुँदाहुँदैपनि गर्भवति भएका कारणले जागिरमा नराखिएको ती महिलाले गुनासो गरेकी छिन् । सो घटना बाहिरिएपछि हाल चिनका वकिलले विभिन्न १६ वटा कम्पनीविरुद्ध मुद्दा दर्ता गराएकाे सिएनएनले जनाएको छ। ती कम्पनीहरुले महिला आवेदकहरुलाई औपचारिक रुपमा जानकारी नै नगराइकन उनीहरुको गर्भ जाँच गरेको आरोप छ ।

ती कम्पनीले चिनियाँ कानुन र मानव अधिकार उल्लङ्घन गरेको आरोप छ । चीनको कानूनले जागिरमा भर्ना पूर्वका प्रक्रियामा आवेदक महिलाको गर्भ परीक्षणमाथि रोक लगाएको छ । गर्भवति भएको थाहा पाएर महिलालाई जागिरमा नराख्नु महिलाहरुको समान रोजगारीको अवसरको अधिकार उलङ्घन हुने त्यहाँको कानुनमा उल्लेख छ । जागिरमा राख्नुपूर्व गर्भ जाँच गर्नु मानव अधिकार उल्लङ्घन हो । चिनियाँ कानुनमा लैंगीक विभेद गर्नेलाई ५० हजार युआन अर्थात् ९ लाख २२ हजार रुपैयाँ बढी जरिवानाको व्यवस्था गरेको छ ।

यो घटना सार्वजनिक भएसँगै चिनियाँ अधिकारीहरुले त्यस विषयमा अनुसन्धान सुरु गरेका छन् । ती विभेदकारी कम्पनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भैरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्