गुटिरहेको ट्रकमा आगो लाग्दा जलेर नष्ट


दाङ– दाङमा गुडिरहेको ट्रकमा आगो लागेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रक गुडीरहेको अवस्थामा आगो लागेको हो । आगो लाग्दा उक्त ट्रक जलेर नष्ट भएको छ ।

आइतबार बिहान लमही नगरपालिका–९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । वायरिङ सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।