निलम्बित मुख्यसचिवलाई रिहा गर्न ५० हजार धरौटी माग


काठमाडौं– विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी माग गर्ने आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । उनीसँग ५० हजार धरौटी मागिएको हो ।

अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी दोषी ठहर भएका हुन् । अन्तशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो ।

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।