काठमाडौं- केहिदिनअघि हवाई दुर्घटनाको योग छ भनेर चर्चामा आएका चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा आफ्नो निवासबाटै पक्राउ परेका छन् ।नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठानको आयोजना गरेका उनी मन्त्रोच्चारण गर्दागर्दै घरैबाट पक्राउ परेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना हुनुभन्दा केही दिनअघि एक अन्तर्वार्तामा साउन र भदौमा हवाइ दुर्घटनाको योग रहेको बताएका थिए ।
उनलाई काठमाडौं प्रहरी परिसरबाट आएको प्रहरी टोलीले अनुष्ठानको प्रयोजन आपत्तिजनक भएको भन्दै उनलाई उठाएर लगेको थियो । प्रहरी नियन्त्रणबाटै उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिन भ्याइसकेका छन् ।
उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’
केहिदिनअघि उनले नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको भन्दै भिडियो पोस्ट ष्रेका थिए ।
चार दिनअगाडि नै र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका हुन् ।
‘श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले भनेका थिए । उनको उक्त भिडियोमा मानिसहरुले समर्थन गरेपछि आज उनले अनुस्ठानको आयोजना गरेका थिए ।
पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेको भिडिओ उनले लाइभ नै गरेका थिए । जहाँ खतिवडाले मन्त्रोच्चारण गरिरहेका छन् ।
प्रतिक्रिया