काठमाडौं– अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ । टेक्सस राज्यमा आज बिहान एक जना नेपालीको गोली हानेर हत्या गरिएको हो ।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका ३० वर्षका दीपक ओली लाई गोली हाली हत्या गरिएको त्यहाँका नीय सञ्चारमाध्यमले जनाएका छन् । ओली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । सोमबार बिहान ५ः२० बजेतिर उनीमाथि गोली प्रहार भएको बताइएको छ ।
घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला ओली काउन्टरमा उभिरहेका थिए ।
सिसिटिभि फुटेजअनुसार उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् । प्रहरीको अनुसार ओलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको छ । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ । प्रहरीले यस घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया