मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


दाङ– दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर कोहलपुर नगरपालिका–१० का ५६ वर्षीय पोष्करबहादुर सुनारको मृत्यु भएको हो ।

सोमबार बिहान साढे ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारको उपचारका लागि दाङको लमही अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनााएको छ।

सुनारले चलाएको रा ३ प ७११४ नम्बरको मोटरसाइकल पूर्व(पश्चिम राजमार्ग अन्तर्गत अमिलिया हुँदै लमही जाँदै गर्दा लमही नगरपालिका–८ असानी भन्ने ठाउँमा दुर्घटना परेको थियो। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो।