दाङ– दाङमा रड प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। राजपुर गाउँपालिका– १ रसरीनिवासी ३८ वर्षीय गणेश घर्तीले श्रीमती ३८ वर्षीया वसन्ती घर्तीलाई रड प्रहार गरेका हुन् ।
आइतबार राति खाना खाई सुतेको बसन्तीले सोमबार बिहान साढे ९ बजेसम्म पनि ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएर ढोका खोल्दा श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको अवस्थामा फेला परेको थियो।
श्रीमतिको हत्यापछि पनि श्रीमान भने सोही कोठामा थिए । कोठाभित्रै रहेको अवस्थामा प्रहरीले श्रीमान् गणेशलाई नियन्त्रणमा लिएको छ। हत्या गर्न प्रयोग भएको रड पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीमानले मादक पदार्थको कुलतमा भएको तथा मानसिक रूपमा पनि समस्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको पोस्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया