Logo

केरलामा पहिरो: एक नेपालीसहित ३६ जनाको मृत्यु

एजेन्सी– भारतको केरलमा पहिरो जाँदा एक नेपालीसहित ३६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो गएको थियो । उक्त पहिरोमा परेर ३६ जनाको मृत्यु भएको हो ।

थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्