शाहरुख खानमा मोयिाबिन्दुको समस्या, उपचार गर्न अमेरिका जाँदै
काठमाडौं– बलिउड अभिनेता शाहरूख खानलाई मोतियाबिन्दु भएको छ। आँखाको समस्याका कारण पछिल्लो समय उनी अस्पताल धाइरहेका छन् । उनको उपचार चलिरहेपनि उनको आँखा ठीक नहुँदा पछिल्लो समय शाहरुख चिन्तित बनेका छन् ।
२९ जुलाईमा आँखाको मोतियाबिन्दुको सर्जरी गराएका थिए। तर उक्त सर्जरी सफल भएन। उनी ३१ जुलाईमा आँखाको उपचारको लागि अमेरिका जान लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनको दुबै आँखामा मोतियाबिन्दु देखिएको छ । यद्यपी यस विषयमा आधिकारीक पुष्टी भएको छैन ।
शाहरूखको पछिल्लो समय फिल्म ुडंकीु मा देखिएका थिए। हाल उनी आगामी फिल्म ‘किंग’ मा व्यस्त छन्। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिनेछन्।