केरलामा पहिरो: ८९ जनाको मृत्यु


एजेन्सी– भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ८९ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।

केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धार गर्न समस्या भएको थियो ।

केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई उपचारको लागि लगेको जानकारी दिएकी छिन् । अहिलेसम्म उक्त पहिरोमा परेको अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।

वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए। बाँकीको भने मृत्यु पुष्टी हुन नसकेको बताइएको छ ।