अवैध रुपमा जापानमा नेपाली पुर्याएको आरोपमा एक जना पक्राउ


काठमाडौं– अवैध रुपमा जापानमा नेपाली लैजाने एक जनालाई प्रहरीले पक्राउ गरेका छ । जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै जापान पुर्याउने गरेको अभियोगमा समीर लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

दुई युवतिसहित गत जुलाई १८ तारिख जापान पुगेका थिए । जापानमा फर्जी कागजात बनाएर उनले २३ जनाको भिसा आबेदन दिएको र लाखौँ रुपैयाँ असुल गरेका थिए । बेचबिखन अनुसन्धान ब्युरोले लामालाई पक्राउ गरेर अनुसनधान सुरु गरेको हो । पीडितहरु प्रहरीको सम्पर्कमा आएको र जाहेरी दर्ता गराएपछि मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उनलाई मानब बेचबिखन, कागजात किर्ते, मानव तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

लामाले एनआरएनए जापानको लेटरप्याड र जापानको ओसाकास्थित अमर लामाले सञ्चालनमा ल्याएको एक कम्पनीको कागजात दुरुपयोग गरी नेपालीलाई जापान पुर्याएका थिए । लामाले बनाएको फर्जी कागजातमा एनआरएनए जापान र जिल्ला सहकारी संघ लिमिटेड काठमाडौँको आयोजनामा जापनमा सेमिनार हुन लागेको उल्लेख गरिएको छ ।