पार्किङ गरी राखेको बसमा भेटियो शव


काठमाडौं– काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखेको बसमा एउटा शव भेटिएको छ ।

बा २ ख २३४४ नम्बरको बसमा एक युवकको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव रहेको प्रहरीले जनाएको छ । उक्त शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । अधिकारीको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले सुनाए ।