Logo

जापानमा एउटा अचम्मको क्याफे, जहाँ प्यारालाइसिस भएकाहरु काम गर्छन्

एजेन्सी- प्यारालाइसिस आफैँमा एक जटिल समस्या हो । स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ । यस रोग लागेपछि बिरामीहरु सामान्य मानिस जसरि हिँडडुल गर्न सक्दैनन् । उनीहरुको शरिरका विभिन्न अङ्ग नचल्ने अवस्था पुग्छ । अधिकांश प्यारालाइसिसबाट ग्रसित बिरामीको दैनिक क्रियाकपालदेखि मलमुत्र गर्नसमेत परिवारका अन्य सदस्यको सहारा चाहिन्छ ।

तर शरिर चलाउन सक्ने अवस्थामा नरहेका यस रोगबाट पिडीतहरुलाई कर्मचारी राख्नेगरि जापानमा एक क्याफे सञ्चालनमा आएको छ । क्याफे आफैँमा व्यस्त रहने व्यवसाय हो, जहाँ काम गर्ने कर्मचारी ग्राहकको सेवाको लागि निकै नै सक्रिय रहनुपर्छ । तर क्याफेमा शरिर चलाउन नसक्ने व्यक्तिलाई कर्मचारी राख्ने कुरा पत्यार नलाग्न सक्छ तर यो सत्य हो ।

जापानको राजधानी टोकियोमा ‘डँन भेर’ नामको एक क्याफे छ । जहाँ विभिन्न किसिमका प्यारालाइसिसबाट गुज्रिरहेका कर्मचारी छन् । उनीहरु क्याफेमा वेटरको ठाउँमा खटिने रोबोर्टलाई कन्ट्रोल गर्ने काम गर्छन् ।
यो क्याफे २०१८ मा पहिलोपटक प्रयोगका रुपमा दुई हप्ताको लागि मात्र खोलिएको थियो । त्यही बेलामा यसले निकै चर्चा बटुलेको थियो । सोपछि सन् २०२० देखि उक्त क्याफे पुन सञ्चालनमा ल्याइएको छ । क्याफेले शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुलाई पनि आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ । उक्त क्याफेमा काम गरेबापत उनीहरुले प्रतिघण्टा हजार यन प्राप्त गर्छन् ।

उसो त यो क्याफे यसको रोवर्ट वेटरका कारण संसारभरि लोकप्रिय छ । विदेशी पर्यटकहरुले रोवर्टबाट पाउने सर्भिसको तारिफ निकै नै गर्छन् । यी रोबर्टलाई ओरिहिमदि नाम दिइएको छ । विशेषगरि अपांग भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले बनाइएको यो रोबोर्ट क्याफेमा समेत प्रयोग गरिएको हो ।

यो क्याफेमा छिर्न कस्टोमरहरुले १५ सय यन तिनुपर्छ । जहाँ एउटा फ्रि ड्रिक्स पाइन्छ, जुन रोबोर्टले ल्याएर सर्भ गर्छ । क्याफेमा रोबोर्टसँग कुराकानी गर्न सकिन्छ भने चाहेमा आफैले यसको सञ्चालन समेत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्