चितवन– मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् ।
चितवनको माडी नगरपालिकामा माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले बताएका छन् ।
पक्राउ पर्ने विद्यार्थीहरुको उमेर क्रमशः १७, १८ र २१ वर्षको छ । चितवन बाहिरबाट एक प्राविधिक शिक्षालयमा अध्ययनका लागि आएका उनीहरु डेरा गरेर बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले आफु बस्ने डेरामा नै ती महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ। आरोपिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया