चर्चित कार्यक्रम प्रस्तोता नरेश भट्टराईलाई पितृ शोक


काठमाडौं– अभिनेता, मोडल तथा कार्यक्रम प्रस्तोता नरेश भट्टराईका बुबाको निधन भएको छ । उनका बुबा तुलसीप्रसाद भट्टराईको ८५ वर्षको उमेरमा आज बिहान ८ः४० बजे मृत्यु भएको हो ।

विगत लामो समयदेखि उच्च रक्तचाप र नशासम्बन्धी समस्याबाट ग्रसित उनको उपचारका लागि सर्लाहीबाट एक हप्ताअघि काठमाडौं ल्याइएको थियो । किर्तीपुरस्थित भट्टराई निवासमा उनको आज बिहान निधन भएको हो ।

आजैै पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तेष्टी गरिने परिवारका एक सदस्यले जानकारी दिए ।