
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुने भएको छ । प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन भदौ तेस्रो साता थाइल्यान्डको बैंकक जाने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनबमोजिम भ्रमणको गृहकार्य भइरहेको छ । यही सेप्टेम्बर ३ र ४ अर्थात् भदौ १८ र १९ मा बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन आयोजना हुँदैछ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।














प्रतिक्रिया