Logo

पशुपति कोटिहोम महायज्ञमा विश्व प्रसिद्ध कथा वाचक अनिरुद्धाचार्य जी महाराज आउँदै

काठमाडौं– नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन् । श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक सनिवार मानव सेवा फाउन्डेसनले आयोजना गरेको एक महिने पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन लागेका हुन् ।

वाचक अनिरुद्धाचार्यले पशुपतिनाथ मन्दिरको दर्शन सँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन् । महाराजको स–परिवारसहित नेपाल आउने र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन् । उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ । सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सधै खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखौ व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ । उनको मुखारविन्दबाट भागवत कथा प्रवचन कथा सुन्नको लागि धेरै ठाउमा भक्तजनहरु ५–६ घण्टा पहिले नै प्रतिक्षामा बस्ने गर्दछन ।

 

प्रतिक्रिया दिनुहोस्