Logo

कोटिहोम महायज्ञमा प्रवचन दिँदै विश्वकै सबैभन्दा कान्छी भागवत वाचिका अनुराधा (भिडियोसहित)

काठमाडौं– विश्वकै सबैभन्दा कान्छी भागवत कथा वाचिकाको रुपमा आफ्नो परिचय स्थापित गरेकी अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा आएकी छन् । नेपालको इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा विधुषि वाचिका अनुराधाले अब दैनिक २ घण्टा कथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । उनले पशुपति कोटिहोम महायज्ञमा आजबाट सायनकालीक समयको ५ बजेदेखि ७ बजेसम्म कथा प्रवचन गर्ने समय तय भएको छ ।

नेपालको गुल्मी जिल्लामा जन्मिएर हाल वृन्दावनमा भागवत कथा अध्यनरत रहेकी अनुराधाले बिहिबार पनि आशिवर्चन राखेकी थिइन्। सुमधुर स्वरमा आफ्नो प्रवचन राख्दा भक्तजनहरु आनन्दमय मुद्रामा श्रवण गरिरहेका थिए ।

https://www.youtube.com/watch?v=HX2cBrF0raw&t=61s

प्रतिक्रिया दिनुहोस्