सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड


काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । तोलामै मूल्य करिब डेढ लाख पुग्दै शुक्रबार नयाँ रेकर्ड बनेको हो ।

यसअघि साउन २ गते सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो । आज उक्त रेकर्ड तोडिएको छ । आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मुल्य आज प्रतितोला एक हजार ७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य ५ रुपैयाँले घटेको हो ।