काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिकका लागि शुक्रबार बसेको बोर्डको बैठकको निणर्यले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले कक्षा १२ को नतिजा साउनको तेस्रो हप्ता सार्वजनिक गर्ने तयारीअनुसार नै काम गरिरहेको जनाकारी गराउँदै आएको थियो । सोहि अनुसार बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १२ को परिक्षा गत वैशाख १४ गतेबाट सञ्चालन भएको थियो । सो परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । तीमध्ये ९ हजार ५९१ जना विद्यार्थीले ३.६ जिपिएभन्दा धेरै जिपिए ल्याउन सफल भएका छन् ।
गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी फेल भएका छन्।
कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।
प्रतिक्रिया