Logo

इजरायलम रोजगारीको लागि मागभन्दा दोब्बर आवेदन

काठमाडौं– इजरायलको रोजगारीको लागि मागभन्दा दोब्बर आबेदन परेको छ। बैदेशिक रोजगार विभागका अनुसार २ हजार जना प्रशिक्षार्थी कामदार माग गरिएकोमा ४ हजार २४ जनाको आबेदन परेको छ। जसमा २ हजार २०९ पुरुष आवेदक र १ हजार ८१५ महिला छन्।

विभागकाअनुसार आबेदन दिएकामध्ये १ हजार ५०० जना छनौट हुने र त्यसमध्ये ५०० जनालाई गोलाप्रथाबाट छानिने छ। श्रम सम्झौतामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष कामदार लिने शर्त राखेको इजरायलले यसपटक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदारको माग गरेको छ ।

रोजगारीको लागि जानेले बस्ने सुविधा भएता पनि लागत आफैं तिर्नुपर्ने र खाने खर्चसमेत आफै व्यहोर्नुपर्ने छ । दुवै देशको श्रम सम्झौतामा न्यूनतम मासिक ९० हजार रुपैयाँ तलब सुविधा हुने उल्लेख भए पनि यसपटक २ लाखभन्दा बढी तलब दिन रोजगारदाता तयार भएका छन ।

 

प्रतिक्रिया दिनुहोस्