काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा छात्रभन्दा छात्रा धेरै ुनन्ग्रेडेडु भएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थी अर्थात ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् । जसमा छात्र ४७ प्रतिशत र छात्रा ४९ प्रतिशत रहेका छन् ।
परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए । तीमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परे । १ लाख २ हजार ८ सय ३२ जना भने पास भएका छन् ।
छात्रा १ लाख ९६ हजार ५ सय जना परीक्षामा सहभागी थिए । ९५ हजार ५ सय ४ जनाको नतिजा एनजी आएको छ । १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।
परीक्षामा सहभागी हुने छात्र भन्दा छात्राको संख्या बढि थियो ।
गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी फेल भएका छन्। दुई बिषयसम्म नन्ग्रेडिङमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।
प्रतिक्रिया