काठमाडौं– काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौं फकिएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा नै ल्यान्ड भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले जहाजमा भने कुनै क्षति नभएको जानकारी दिए । उनका अनुसार ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्यान्ड गरेको हो ।
काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडीमा बुद्धको जहाज काठमाडौंमा नै फर्किएको हो ।
प्रतिक्रिया