Logo

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते, १ लाख २७ हजार विद्यार्थीले दिन पाउने

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन गर्ने भएको छ । शुक्रबार बोर्डले सार्वजनिक गरेको परिक्षामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् ।

एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्‌ग्रेडेड आएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

दुई विषयसम्म अनुपस्थिति विद्यार्थी पनि पुरक परीक्षामा सामेल हुन पाउँछन् । परीक्षामा ५ हजार ६ सय ३२ विद्यार्थी सबै विषयमा अनुपस्थित रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्