पहिरोले हजुरआमाको ज्यान लग्यो, नातिनी बेपत्ता


रोल्पा– रोल्पामा पहिरोले घर पुरिदा हजुरआमाको निधन भएको छ भने नातिनी वेपत्ता भएकी छन्। शुक्रबार राति सुनछहरी गाउँपालिका–४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो। घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार भने घरभित्रै मृत अवस्थामा फेला परेकी छन् भने ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन्। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको रहेकाले उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।