होस्टल–३ बाट डेब्यु गर्दै ‘माग्ने बुढा’को छोरा
काठमाडौं– चलचित्र ‘होस्टेल–३’बाट हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष घिमिरेले ले डेब्यु गर्ने भएका छन् ।
बाल्यकालमा चर्चित हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा आफ्नै बुबासँग ‘धुन्धुकारी’ पात्रको रोलमा काम गरेका उनी पहिलोपटक ठूलो पर्दामा काम गर्न लागेका हुन् ।
निर्माणधिन चलचित्र ‘होस्टेल–३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो चलचित्र फागुन १६ गते रिलिज हुनेछ ।
यो चलचित्रको प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी अनुबन्धित भइसकेका छन् ।